बाहुनकि छोरी




ऊ बाहुन बाजेकि कान्छि छोरी अरे
मायाले पुल्पुलाएका उसैका बाले अरे
स्वभाव उसको अलि हट्के
बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे अरे ।


गुनासो त उसलाई ति खोक्ला पारम्परा देखि छ अरे
अलि अलि गुनासो उस्को त्यो चुच्चो नाक देखि नि छ अरे
कसैको जात, पेशा र स्तर हेरेर भेदभाव गरेको उसलाई मन पर्दैन
त्यसैले त, बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे अरे ।


दलितलाई पनि मन्दिरमा पस्न दिनु पर्छ भनेर अड्डी कस्छे
तिनै दलित दिदि भाईले छोएको पानी स्वाद लिएर पिउनु पर्छ भन्छे
मान्छेलाई पशुभन्दा नि कठोर व्यवहार गर्ने जातिय भेदभावको बिरोधी ऊ
बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे ।


देविको तस्बिर पुज्ने तर छोरी महिनावारी हुदा छी छी दुर दुर गर्ने परम्परा मान्दिन ऊ
सर्व पुज्य देवि देउताका नाममा पशुपंक्षिको बलि चडाउन उचित ठान्दिन ऊ
बाहुन भएकै भरमा अरु जातलाई हेला गर्दिन ऊ
त्यसैले त, बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे ऊ ।


यसो भनि रहदा ऊ बाहुन जातको बिरुद्ध हैन अरे
ऊ आफ्नो जातको राम्रो पक्ष आत्मसाथ गर्छे अरे
तर केहि परिवर्तन छ ल्याउनु पर्ने
त्यसैले त, बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे अरे ।


देश बिकासको बाधक नै जातिय भेदभाव हो भन्छे ऊ
विश्वले  चन्द्रमा चुमिसक्यो मेरो देश जात पातको बखेडामा अल्झियो भन्छे ऊ
अरुका लागि उदाहरण बनेर देखाउन पर्छ
त्यसैले त, बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे अरे ।













Comments

Popular posts from this blog

डडेलधुरामा आलु खेतीः मेरो एक संक्षिप्त अवलोकन

सतीले हैन, किसानले सरापेको देश भनौँ