डडेलधुरामा आलु खेतीः मेरो एक संक्षिप्त अवलोकन
डडेलधुरा आएपछि आजै होला बिहानै ६ बजे उठेको ।घरको छतबाट तल हेर्दा देखिने त्यो सम्म फाँट, बिहानको तुसारोले सेताम्मै थियो । सोचे यस्तो राम्रो फाँट रहेछ तर तुसारोले के नै बाली हुनदेला र? मेरो अनुमानको विपरित, त्यहाँ किसानले राम्रो बाली भित्र्याउने गरेका रहेछन् । सुनेर अचम्म लाग्यो । मनमनै हाँसे पनि, यो सोचेर कि अनुमान लाउने गरि परिपक्क अझै भएकि रहेनछु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाईमा इन्टनसिपको आज सातौ दिन । फिल्ड भिजिटका लागि जानुपर्ने र फिल्ड रहेछ- डोटी घटाल, त्यहि तुसारोले छोपिने सम्म फाँट । हामी ४ जाना थियौँ- म, मनिषा, गंगा अनि सावन । अटोमा जाने निधो गर्यौँ। दाम सुनेर हिडेर जादै ठिक होला झै लाग्यो तर ७-८ किलोमिटर छ भने पछि लुरुक्क अटो मै बस्यौँ । पोखराको सिटिबसले १५ रूपैँयामा पुर्याइदिन्थ्यो तर डडेल्धुराको अटोलाई भने ६०० रुपैँया तिरियो । मनखत त लाग्यो तर बाटोमा देखिने त्यो रमणिय दृश्य देखेर हामी मख्ख भयौँ । लालीगुँरासले सझिएको त्यो पाखोको साघुरो बाटो, जस्लाई सल्लाका रूखले पङ्क्तिबद्द भएर डोराउदै पहाडका ति टेरेस फार्मलाई लगेर डोटि घटालको सम...