Posts

Showing posts from August, 2020

सतीले हैन, किसानले सरापेको देश भनौँ

Image
    कृषि प्रधान देशमा कृषि पेशालाई हेला किन ? डाक्टर इन्जिनियर सबै बन्ने , नबन्ने चाहिँ किसान किन ??       ठुलो मान्छे बन्ने दौडमा अधिकांशले तिरस्कार गरेको पेशा हो, कृषि । त्यसै गरी पढेर ठुलो मान्छे हुनुपर्छ नत्र हलो जुवा जोत्नु पर्छ भनेर हेला गरिएको व्यक्ति हो, किसान । वि.सं. २०७२ को भुकम्प पछि कतिले कृषि क्षेत्रको महत्व अनुभूति गरे भने  कतिलाई चाँहि भारतको नाकाबन्दीले चेत खुलायो । त्यस प्रकारको अनुभूति गर्ने  र नगर्ने सम्पूर्णलाई भने अहिले कोरोनाको माहामारीले अवश्य झस्काएको छ । मान्छेलाई आज जिउमा एक सरो कपडा हुँदैन कि भन्ने डर छैन तर एक छाक खान पाउँदिन कि भन्ने डर छ । पैसा भएर पनि किनेर खान नपाउने बेला अब नआउला भन्न सकिँदैन । अब गर्ने के ??? यसको उत्तर एउटै छ – कृषि । कृषि अब ती बाझा खेत बारीमा, खाली त्यो कौसीमा, थोत्रो त्यो बाल्टीमा, कोकको खाली बत्तल आदि इत्यादि सबैमा । किन कि कोरोनाको कहरले सिकाएको महत्वपूर्ण पाठ यही नै हो कि कृषिको कुनै विकल्प छैन ।   भविष्यमा म एक सफल किसान बन्छु भनेर लक्ष्य राख्ने स्कुले विद्यार्थी सायदै भेटिएला । क...