Posts

Showing posts from May, 2020

बाहुनकि छोरी

Image
ऊ बाहुन बाजेकि कान्छि छोरी अरे मायाले पुल्पुलाएका उसैका बाले अरे स्वभाव उसको अलि हट्के बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे अरे । गुनासो त उसलाई ति खोक्ला पारम्परा देखि छ अरे अलि अलि गुनासो उस्को त्यो चुच्चो नाक देखि नि छ अरे कसैको जात, पेशा र स्तर हेरेर भेदभाव गरेको उसलाई मन पर्दैन त्यसैले त, बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे अरे । दलितलाई पनि मन्दिरमा पस्न दिनु पर्छ भनेर अड्डी कस्छे तिनै दलित दिदि भाईले छोएको पानी स्वाद लिएर पिउनु पर्छ भन्छे मान्छेलाई पशुभन्दा नि कठोर व्यवहार गर्ने जातिय भेदभावको बिरोधी ऊ बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे । देविको तस्बिर पुज्ने तर छोरी महिनावारी हुदा छी छी दुर दुर गर्ने परम्परा मान्दिन ऊ सर्व पुज्य देवि देउताका नाममा पशुपंक्षिको बलि चडाउन उचित ठान्दिन ऊ बाहुन भएकै भरमा अरु जातलाई हेला गर्दिन ऊ त्यसैले त, बाहुनकि छोरी भएर नि बाहुन बिहे गर्दिन भन्छे ऊ । यसो भनि रहदा ऊ बाहुन जातको बिरुद्ध हैन अरे ऊ आफ्नो जातको राम्रो पक्ष आत्मसाथ गर्छे अरे तर केहि परिवर्तन छ ल्याउनु प...